काठमाडौं : नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी० र सालपा विकास बैंकबिच एससीटी युपीआई कार्ड जारी गर्ने लागि सम्झौता भएको छ ।
गत बैशाख २३ गते स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात सालपा विकास बैंकका ग्राहकहरूका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको छ र ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि एससीटी युपीआई कार्ड लिन सक्ने प्रयत्न गरिएको छ ।
Advertisment