Below Menu
Below Menu

शेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि खुम्चिदै 

शेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि खुम्चिदै 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ८.४१ अंकले घटेर २६११.८५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १३.८४ अंकले घटेर २६२०.३९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा आठ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सोल्टी होटल्स् कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४६ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार