काठमाडौं : पछिल्लो समय जलविद्युत कम्पनीहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।
उक्त विवरण अनुसार यस अवधिमा कम्पनीहरुले एक अर्ब ४४ करोड ४३ लाख ९८ हजार रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १०३.५३ प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्म कम्पनीहरुले ७० करोड ९६ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।
समिक्षा अवधिमा अधिकांश कम्पनीको विद्युत बिक्री आम्दानी बढेका कारण नाफामा सुधार देखिएको हो । यसका साथै कम्पनीहरुको वित्तीय खर्च घटेका कारण पनि कतिपय कम्पनीहरुको नाफामा सुधार आएको हो ।गत वर्ष नोक्सानीमा रहेका अधिकांश कम्पनीहरुको वित्तीय विवरण सुधारिएको छ । कम्पनीहरुले विद्युत बिक्री आम्दानी बढाएर नोक्सानी घटाएका हुन् ।
प्रकाशित विवरण अनुसार यस अवधिमा २७ कम्पनीको नाफा बढेको छ । अन्य ३१ कम्पनीहरु नोक्सानीमा छन् भने बाँकी १७ कम्पनीहरुको नाफा पनि गत वर्षको तुलनामा घटेको छ । समग्रमा हेर्दा कम्पनीहरुको नोक्सानी घट्दै गएको देखिएको छ । गत वर्षको घाटामा रहेका १० कम्पनी यस वर्ष नाफामा गएका छन् ।
पछिल्लो समय बैंकरुहरुको ब्याजदर घट्दा पनि कम्पनीहरुको अवस्थामा सुधार आएको हो । विगतका दिनहरुमा ८ प्रतिशतमा लिएको ऋणको ब्याज १२ प्रतिशतसम्म तिर्नु पर्ने अवस्था थियो भने अहिले ब्याजदर घटेका कारण बैंकहरुको ऋण पनि घटेको छ । लगानी उठाएर आयोजनाहरु बनाउने क्रम पनि बढ्दो छ ।
अरुण भ्यालीको नाफामा पाँच हजार प्रतिशतको ग्रोथ
चैत मसान्तसम्म आइपुग्दा सर्वाधिक नाफा बढाउनेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । गत वर्ष ५७ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष ३४ करोड १८ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ५ हजार ७९९ दशलमव ८८ प्रतिशतले बढी हो ।
त्यस्तै यस अवधिमा आइपुग्दा हिमालयन हाइड्रोपावर कम्पनीको नाफा १०६०.४८ प्रतिशतले बढेको छ । मकर जीतुमाया सुरी हाइड्रोपावरको नाफा ३६३.५२ प्रतिशत र युनाइडेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरको नाफा १०८.५० प्रतिशतले बढेको छ ।
यस अवधिमा आइपुग्दा इस्टर्न हाइड्रोपावरको नाफा २६३.९९ प्रतिशतले बढेको छ भने मिड सोलु हाइड्रोपावरको नाफा ३०३.०३ प्रतिशत, रावा इनर्जीको ५७६.७६ प्रतिशत र सिनर्जी पावरको नाफा १०४.०१ प्रतिशतले बढेको छ ।
त्यस्तै यस अवधिमा मैलुङ खाृला जलविद्युत कम्पनीको नाफा १३८.४९ प्रतिशतले बढेको छ भने आँखु खोला जलविद्युत कम्पनीको नाफा पनि १२०९.५३ प्रतिशतले बढेको छ । यस अवधिमा आइपुग्दा अवि पावरको नाफा ६८९ प्रतिशत र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको नाफा १९६.२० प्रतिशतले बढेको छ ।



पौने २८ अर्बको विद्युत बिक्री
यस अवधिमा कम्पनीहरुले पौने २८ अर्ब रुपैयाँ बराबरको विद्युत बिक्री गरेर उक्त रकम बराबरको नाफा कमाएका हुन् । चैत मसान्तसम्म ८९ हाइड्रोपावरहरुले २७ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेका छन् ।
उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ८.८१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा जलविद्युत कम्पनीहरुले २५ अर्ब ६० करोड ८६ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका थिए ।
प्रकाशित वित्तीय विवरण अनुसार चैत मसान्तसम्म आइपुग्दा ४९ हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्री आम्दानी बढेको छ भने २५ कम्पनीहरुको विद्युत बिक्री आम्दानी घटेको छ ।
त्यस्तै अन्य सात कम्पनीहरुले यस वर्षदेखि विद्युत उत्पादन थालनी गरेका छन् भने हालसम्म सूचीकृतमध्ये तीन वटा कम्पनीले भने विद्युत उत्पादन गरी बिक्री गर्न सकेका छैनन् ।
चैत मसान्तसम्मको विवरण अनुसार इङ्वा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी सबैभन्दा बढी ९ हजार ९०७ दशलमव २२ प्रतिशतले बढेको छ । गत वर्ष १९ लाख २५ हजार रुपैयाँ बराबरको बिजुलदी बेचेको कम्पनीले यस वर्ष १९ करोड २६ लाख ३९ हजार रुपैयाँ बराबरको विद्युत बिक्री आम्दानी गर्न सफल भएको छ ।
त्यस्तै यस अवधिमा अरुण काबेलीको विद्युत बिक्री आम्दानी ३३४.३५ प्रतिशतले बढेको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको २२८.२५ प्रतितश, रिडि पावरको १२०.०४ प्रतिशत र माया खोला हाइड्रोपावरको विद्युत बिक्री
पाँच कम्पनीले बेचे अर्बौको बिजुली
चैत मसान्तसम्म अपर तामाकोशी हाइड्रोपावरले चार अर्ब २७ करोड ८ लाख रुपैयाँ बराबरको विद्यूत बिक्री गरेको छ । यद्यपि, उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा भने ३४.६० ८ प्रतिशत कमी हो । गत वर्ष कम्पनीले ६ अर्ब ५३ करोड २ लाख रुपैयाँ बराबरको बिजुली बेचेको थियो ।
गत असोजमा आएको बाढीले धेरै आयोजनाहरु क्षतिग्रस्त भएका थिए । अप्पर तामाकोशीको आयोजनामा पनि ठुलो क्षति पुर्याएको थियो । लामो समय विद्युत उत्पादन नै बन्द अवस्थामा रहँदा कम्पनीको विद्युत बिक्री आम्दानी घटेको हो ।
त्यस्तै यस अवधिमा ग्रीन भेन्चर्सको विद्युत बिक्री आम्दानी ८.४० प्रतिशतले बढेको छ । गत वर्ष एक अर्ब १८ करोड ६८ लाखको बिजुली बेचेको कम्पनीले यस अवधिमा एक अर्ब २८ करोड ६४ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ ।
त्यस्तै गत वर्ष ९५ करोड १८ लाख रुपैयाँ बराबरको बिजुली बेचेको अवि पावर कम्पनीले यस वर्ष एक अर्ब १९ करोड ७० लाख रुपैयाँ बराबरको बिजुली बेचेको छ भने साहस उर्जा २ अर्ब १४ करोड ३५ लाख र सानिमा मिडल तमोरले एक अर्ब ३८ करोड ३ लाख बढीको विद्युत बिक्री आम्दानी गरेको छ ।
३१ कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक
यस अवधिमा आइपुग्दा कम्पनीहरुको नोक्सानी बढेसँगै प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ । चैत मसान्तसम्म आइपुग्दा ३१ कम्पनीहरुको प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ ।



Advertisment