काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से २२.९९ अंकले बढेर २६३२.०५बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३.७७ अंकले घटेर २६०८.०७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०० कम्पनीको शेयरमूल्य बढेको छ । भने १४५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ३५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा आठ अर्ब ५० करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५९ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ
Advertisment