Below Menu
Below Menu

आईपीओ निष्कासनको अनुमति पर्खेका १४ कम्पनीको आवेदन अस्वीकृत, सबैभन्दा बढी हाइड्रोपावर 

आईपीओ निष्कासनको अनुमति पर्खेका १४ कम्पनीको आवेदन अस्वीकृत, सबैभन्दा बढी हाइड्रोपावर 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्काशनको पाइपलाइनमा रहेका १४ कम्पनीकाे आवेदन अस्वीकृत गरेकाे छ। बोर्डले लामो समयदेखि आईपीओको तयारीमा रहेका १४ वटा कम्पनीको आवेदन अस्वीकृत गर्दै पाइपलाइनबाट हटाएको हो ।

बोर्डका अनुसार आवेदन अस्वीकृत हुने कम्पनीहरूमा ६ वटा जलविद्युत कम्पनी, दुई औषधि उद्योग, चार पर्यटन क्षेत्र, एक सञ्चार प्रतिष्ठान र एउटा हेलिकप्टर कम्पनी रहेका छन् । बोर्डले प्रति शेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेका कम्पनीलाई आईपीओको प्रक्रियाबाट हटाइएको हो । 

सार्वजनिक लेखा समितिले २०८० पुस १३ गते प्रति शेयर नेटवर्थ ९० वा सोभन्दा कम भएका कम्पनीको आईपीओ निष्कासन गर्न नदिन बोर्डलाई निर्देशन दिएको थियो । तर, कम्पनीलाई आईपीओको पाइपलाइनबाट किन हटाइयो भन्ने बारे बोर्डले औपचारिक रुपमा केहि जानकारी दिएको छैन ।

आईपीओ निष्कासनको प्रक्रियाबाट हटाइएका कम्पनीहरुमा सबैभन्दा बढी हाइड्रोपावर कम्पनी रहेका छन् । जसमा सानिमा हाइड्रो पावर, लाफिङ बुद्ध पावर नेपाल, पुवा खोला–वन हाइड्रोपावर लिमिटेड, बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, युनिक हाइडेल कम्पनी लिमिटेड र रिचेत जलविद्युत कम्पनी छन् ।

त्यस्तै, बोर्डले एपेक्स हस्पिटालिटी लिमिटेड, अर्किड होल्डिङ लिमिटेड, अन्नपूर्ण केवलकार, ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेड, युनिक हाइडेल कम्पनी लिमिटेड, एकर्ड फर्मासुटिकल्स लिमिटेड, सोपान फर्मासुटिकल्स लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड र प्रभु हेलिकप्टर लिमिटेडलाई पनि आईपीओको पाइपलाइनबाट हटाएको छ ।

बोर्डका अनुसार हालसम्म ७७ वटा कम्पनी आईपीओ निष्कासनको पाइपलाइनरहेका छन् । कम्पनीहरूले ५२ अर्ब ५३ करोड ८५ लाख १३ हजार बराबरको ३६ करोड ९२ लाख ९८ हजार कित्ता बराबरको आईपीओ जारी गर्न बोर्डको अनुमति कुर्दै बसेका हुन् । 

Advertisment

थप समाचार