काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
बैठकको मुख्य एजेण्डा गभर्नर नियुक्त रहेको छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार छलफल भएपछि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
साथै अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक डाकेका छन्। दिउँसो शीर्ष तहमा छलफलपछि अर्थमन्त्री पौडेलले बैठक डाकेका हुन् ।
समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् ।
Advertisment