Below Menu
Below Menu

जेठ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै छ्याङ्दी हाइड्रो

जेठ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै छ्याङ्दी हाइड्रो

काठमाडौं : छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला जेठ २३ गतेदेखि हुने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अकित मूल्य दरका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन कम्पनीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २ गते बुकक्लोज गरेको थियो । कम्पनीको सेयरमा लगानीकर्ताहरूले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

Advertisment

थप समाचार