Below Menu
Below Menu

रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द

रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द

सुर्खेत : सुर्खेत विमानस्थल थप दुई दिन गरिएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि मंगलबारदेखि बन्द गरेर निर्माण थालिएको थियो ।

पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिए पछि अर्को ठाउँमा पनि जमिनमुनीबाट पानी निस्किएपछि थप दुई दिन बन्द गरी काम थालिएको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए ।

विहीबारदेखि विमानस्थल सुचारु गर्ने योजना भएपनि अर्को ठाउँको समस्याले फेरी दुई दिनका लागि विमानस्थल बन्द गरिएको काफ्लेले बताए ।

‘पहिले भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकिए पनि नजिकै १० मिटरको दुरीमा पुनः अर्को ठाउँमा जमुनीमुनीबाट पानी निस्किएको छ,’ काफ्लेले भने, ‘दुई दिनमा काम सकेर विमानस्थल सञ्चालन सञ्चालनमा ल्याउने प्रयासमा छौ । खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर विस्तार गरिएको क्षेत्र हो ।
नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेपछि मंगलबारदेखि विमानस्थल बन्द गरेर काम थालिएको थियो ।

शनिवारदेखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थलले जानकारी दिएको छ । सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौं–सुर्खेत रुटमा उडान भर्दै आएका छन् ।
 

Advertisment

थप समाचार