काठमाडौं : नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्दै उनलाई बधाई तथा शुभकामना प्रदान गरेका छन् ।
सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव भैm नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे ।
नव नियूक्त गभर्नरले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।
Advertisment