Below Menu
Below Menu

१७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार

१७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले १२ अर्ब रुपैयाँ बराबरको ३६४ दिने अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । भने ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजारी बिल जारी गर्न लागेको हो । कार्यालयका अनुसार ३६४ दिने ट्रेजरी बिल २०८३ जेठ १२ गते परिपक्क हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले जेठ १२ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि जेठ ५ गते गते कार्यालयले २२ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 


 

Advertisment

थप समाचार