Below Menu
Below Menu

तरलताको चाप बढ्दै: ६९ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कर्जा लगानी स्थिर ! 

तरलताको चाप बढ्दै: ६९ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कर्जा लगानी स्थिर ! 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ६९ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शनिबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६९ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो । 

सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप अघिल्लो दिन अर्थात शुक्रबारको तुलनामा भने द्ुई अर्ब रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् जेठ ९ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ६९ खर्ब चार अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा दुई अर्ब रुपैयाँ निक्षेप घटेको हो । अन्य वित्तीय क्षेत्रको निक्षेप भने ७ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको रहेको छ । अघिल्लो दिनसम्म ६१ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा घटेर ६१ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा दुई अर्ब निक्षेप घट्दा कर्जा लगानी भने स्थिर रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५५ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४९ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर स्थिर छ भने सिडि रेसियो बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडि रेसियो ७९.०१ बिन्दुमा झरेको छ । 

Advertisment

थप समाचार