काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से २.५३ अंकले बढेर २६७७.३० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २.९७ अंकले घटेर २६७७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६१ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा छ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा सात अर्ब ५८ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज युनिभर्सल पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६३ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, ओम मेगा श्री फर्मास्युटिकल्स र भुगोल इनर्जी एण्ड डेभलपेन्ट बैंक रहेको छ ।
आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतले घटेको छ ।
Advertisment