Below Menu
Below Menu

व्यावसायिक पशुपालनलाई प्रोत्साहन गरी दैनिक दुई लाख दूध उत्पादन गर्ने सूर्योदयको योजना

व्यावसायिक पशुपालनलाई प्रोत्साहन गरी दैनिक दुई लाख दूध उत्पादन गर्ने सूर्योदयको योजना

इलाम : यहाँको सूर्योदय नगरपालिकाले व्यावसायिक पशुपालन गर्न किसानलाई प्रोत्साहित गरिरहेको छ । प्रत्येक दिन दुई लाख लिटर दूध उत्पादन गरेर बिक्री गर्ने लक्ष्य लिइएको नगरपालिकाले यहाँका ५५५ जना किसानलाई एकैपटक विभिन्न आधुनिक कृषि उपकरण र सामग्री वितरण गरेको छ ।

सूर्योदय–१३ लक्ष्मीपुरका गाईपालक किसान दुर्गा भवानी पोखरेलले अनुदानमा ‘काउम्याट’ पाएपछि गोठमा तीन वटा गाई थप्ने योजना बनाएको बताइन् । “एउटा गाईबाट दैनिक १८ लिटर दूध बेचिरहेको छु । अब चार वटा बनाएर ५०–६० लिटर दूध बिक्री गर्ने उद्देश्य छ”, उनले भनिन्, “प्रतिलिटर रु ६५–७० मा दूध बिक्री हुन्छ । खर्च कटाएर मासिक रु ३० हजार बचत हुन्छ । यसलाई थप बढाउने योजनामा छु ।”

पालिकाको वार्षिक कार्यक्रमअनुसार हालसम्म १४ वटै वडाका ५५५ जना पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा रु ३८ लाख बराबरको कृषिसामग्री वितरण गरिएको नगर आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले बताए । 

“एक सय २७ किसानलाई रु चार लाख बराबरको मल्चिङ प्लाष्टिक, ३३९ लाई रु १२ लाख बराबरको टनेल, २६ जना किसानलाई रु १६ लाख बराबरको हाते ट्र्याक्टर र ६३ जनालाई रु छ लाख बराबरको काउम्याट वितरण गरिएको छ”, उनले भने । 

कृषि र पशु क्षेत्रको विकास र विस्तारका लागि सामग्री हस्तान्तरण गरिएको नगरप्रमुख रणबहादुर राईले बताए । उनले नगरपालिकाले किसानको सहजताको लागि ‘कृषि एप’  विकास गरेको र यसमा विभिन्न रोग तथा त्यसको निदानबारे जानकारी बताए । 

Advertisment

थप समाचार