हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव 

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

Sponsored Advertisement

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने करसहितको ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

थप समाचार