काठमाडौं : सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्न आयोगबाट स्वीृकति पाएको हो ।
कम्पनीले चुक्तापुँजी एक अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति माग गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै सर्वसाधारणमा जारी शेयर जारी गर्ने छ ।
Advertisment