काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से १६.५५ अंकले बढेर २६९२.१८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २.५३ अंकले बढेर २६७७.३० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा छ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब ५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा ओम मेगा श्री फर्मास्युटिकल्स र पियोर इनर्जी कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । बाराही हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतले घटेको छ ।
Advertisment