Below Menu
Below Menu

चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन 

चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन 

काठमाडौं : सरकारले चैते धान खेतीलाई प्रवद्र्धन गर्नको लागि ३३ करोड बजेट विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै चैते धान खेतीलाई प्रवद्र्धन गरिने र त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन् ।

उनले भने, ‘चैते धान खेतीलाई प्रवद्र्धन गर्नका लागि हामीले बजेट विनियोजन गरेका छौं ।  सरकारले त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि ३३ करोड बजेट विनियोजन गरेको छ ।’

सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने योजनासहित चैते धान खेतीलाई प्रवद्र्धन गर्ने भएको छ ।
 

Advertisment

थप समाचार