Below Menu
Below Menu

ऊर्जा तथा जलस्रोत मन्त्रालयको लागि ८६ अर्ब एक करोड विनियोजन 

ऊर्जा तथा जलस्रोत मन्त्रालयको लागि ८६ अर्ब एक करोड विनियोजन 

काठमाडौं : सरकारले ऊर्जा तथा जलस्रोत तथा सिँचाई मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ८६ अर्ब एक करोड रकम विनियोजन गरेको छ । 
बिहिबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो रकम विनियोजन गरेको बताएका हुन् । 

सरकारले तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने भएको छ ।  आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । उनले अध्ययन सम्पन्न भएको तनहुँस्थित तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गरिने र बुढीगण्डकी आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने पनि बताए । 

उनले भने, ‘सरकारले गरेको लगानीलाई सेयरमा परिणत गरेको छ । अपर अरुण किमाथाङ्का अरुण,नलगाड,मुगु कर्णालीको निर्माण ढाँचामा बनाइने छ । १०६ मेगावाटको जग्दुल्ला आयोजना निर्माण गरिने छ ।’

उनले ६७० मेगावाटको जलसाय युक्त दुधकोशी जलविद्युत आयोजनाको जग्गा मुआब्जाको काम सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने बताए । 
 

Advertisment

थप समाचार