काठमाडौं : हालसम्म १९ बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १० जीवन बीमा र नौं निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।
जीवन बीमा कम्पनीतर्फ न्यूनतम ८ प्रतिशतदेखि अधिकत २८.४१ प्रतिशत लाभांश घोषणा वितरण गर्ने घोषणा गरेका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले गत आवको मुनाफाबाट २६.९८४१ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि १.४२०२ प्रतिशत नगद गरी कुल २८.४०४३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १.२४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कुल ९.२४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई करसहित २१.०५ नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै सूर्यज्योति लाइफले गत वर्षको मुनाफाबाट करसहित २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ११.०५ प्रतिशत नगद लाभांश रहेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई करसहित ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट करसहित २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई ८.४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ८ प्रतिशत बोनस शेयर र सोका कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट करसहित १२.६३१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । जसमा बोनस शेयर १२ प्रतिशत र ०.६३१५ प्रतिशत नगद रहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
निर्जीवन बीमा तर्फ
निर्जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म नौं कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । कम्पनीहरुले न्यूनतम २.६६ प्रतिशतदेखि अधिकत ३० प्रतिशत लाभांश घोषणा वितरण गर्ने घोषणा गरेका छन् ।
हिमालन एभरेष्ट इन्स्योरेन्सले गत आवको मुनाफाबाट ८.७५ प्रतिशत करसहितको नगद लाभांश दिने घोषणा गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९.७३६८ प्रतिशत र सिद्धार्थ प्रिमियरले ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
सानिमा जिआईसी इन्स्योरेन्सले ७.५ प्रतिशत बोनस र सोको कर प्रयोजनका ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
शिखर इन्स्योरेन्सले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
एनएलजी इन्स्योरेन्सले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई २.६३१६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.१३१६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
नेको इन्स्योरेन्सले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
नेपाल इन्स्योरेन्सले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश रहेको छ ।
सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
Advertisment