काठमाडौं : नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पण्डित जेठ २१ बुधबारदेखि लागू हुने गरी बैंकको प्रवक्ता तोकिएका हुन् ।
वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।
Advertisment