छ्याङदी हाईड्रोपावरको हकप्रद बिक्री खुला

छ्याङदी हाईड्रोपावरको हकप्रद बिक्री खुला

काठमाडौं : छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा .१०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयरका लागि विक्री खुला गरेको हो।

Sponsored Advertisement

लगानीकर्ताहरुले आगामी असार १२ गते सम्म हकप्रद शेयरकालागि आवेदन दिन सक्नेछन् । गत जेठ २ गते कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गरेको थियो।

जेठ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य मानिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो।

यस कम्पनीले माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको भुक्तानी गर्न, नुप्चे लिखु जलविद्युत आयोजनामा गरिएको ऋण रकम भुक्तानी गर्न र अन्य अल्पकालिन ऋण भुक्तानी गर्नका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

थप समाचार