Below Menu
Below Menu

इला होटल्स एण्ड रिसोर्टसका होटलहरूमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

इला होटल्स एण्ड रिसोर्टसका होटलहरूमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने इला होटल्स एण्ड रिसोट्र्स बीच एससीटी–युपीआई कार्डका ग्राहकहरूलाई १५ प्रतिशत सम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ।

सम्झौता पश्चात यहि जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म बागलुङ स्थित इला कमफर्ट र मौलाकाली स्थित इला होटेल्स एंड रिसोर्टसमा एससीटी–युपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् । रुम महसुलमा छुट पिओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुने सम्झौतामा उल्लेख छ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–युपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ।

कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–युपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ।

Advertisment

थप समाचार