Below Menu
Below Menu

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले आजदेखि संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको जानकारी दिएको हो । शेयर खरिदका लागि सुचना प्रकाशित भएको ७ दिनभित्र लगानीकर्ताले दरबारमाार्ग स्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।

जुनसुकै व्यक्ति तथा कम्पनीले यो शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको पनि बैंकले सुचना मार्फत जानकारी गराएको छ । यद्यपी बैंकले कति कित्ता शेयर बिक्री गर्न लागेको हो त्यसको संख्या भने खुलाएको छैन् ।
 

Advertisment