काठमाडौं : त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं ४८) एयर ट्रेडमा जोडिने भएको छ । अत्याधुनिक नयाँ टीएमएस संचालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा त्रिशक्ति सेक्युरिटिजले आफ्नो टीएमएसलाई जोड्ने भएको हो ।
यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गतको वाईकोले संचालन गर्दै आएको टीएमएसमा रहेको त्रिशक्ति सेक्युरिटिजले आगामि हप्तादेखि डीजीहबको एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गर्नेछ । त्रिशक्ति सेक्युरिटिजले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आगामी सातादेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तर्गत कारोबार गराउन लागेको कम्पनीले जनाएको छ ।
हाल त्रिशक्ति सेक्युरिटिजमा करिव २ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् । आगामि हप्तादेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् ।
जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको छ।
नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टममा के छन् विशेषता?
- मोबाइल भर्सन (एन्ड्रोइड एन्ड आईओएस) ।
- वेब भर्सन ।
- डेस्कटप भर्सन ।
- शेयर बिक्री गर्नेबित्तिकै सोहीबराबरको रकमले शेयर खरिद गर्न सकिने र त्यसका लागि ब्रोकरलाई भनिराख्नु नपर्ने ।
- आफ्नो लेजर ब्यालेन्सअनुसार कोल्याटर रियल टाइममा पाइने ।
- एउटै लगानीबाट धेरै युजरको ट्रेड गर्न सकिने ।
- अर्डर बास्केट ।
- आफूले चाहेको शेयरमा अलेर्ट राख्न सकिने ।
- रियल टाइममा खरिदबिक्रीको अलेर्ट प्राप्त गर्न सकिने ।
- सजिलो र छिटो अर्डर राख्न सकिने ।
- आफ्नो चाहनाअनुसार जति पनि शेयरको मार्केट डेप्थ हेर्न पाइने ।
- लिङ्क एन्ड डक फिचर्स भएको ।
- मल्टी विन्डो फिचर्स भएको ।
- मल्टी एक्सचेन्ज फिचर्स भएको ।
- शेयर खरिदबिक्रीपछिको हिसाबकिताब र अरु रिपोर्ट हेर्नका लागि क्लाइन्ट लगइनको व्यवस्था भएको ।
Advertisment