Below Menu
Below Menu

दश महिनामा भित्रियो साढे १३ खर्ब रेमिट्यान्स, चार लाखले लिए श्रम स्वीकृति 

दश महिनामा भित्रियो साढे १३ खर्ब रेमिट्यान्स, चार लाखले लिए श्रम स्वीकृति 

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा साढे १३ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वतर्मान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्म रेमिट्यान्स आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो ।

बैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह एक खर्ब ५ अर्ब ३० करोड रुपौयँ भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.११५ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब १ अर्ब ७५ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो ।
 

Advertisment

थप समाचार