Below Menu
Below Menu

ऋण लगानीको सकसः राष्ट्र बैंकद्वारा १९२ खर्ब ३८ अर्ब बढी तरलता प्रशोचन 

ऋण लगानीको सकसः राष्ट्र बैंकद्वारा १९२ खर्ब ३८ अर्ब बढी तरलता प्रशोचन 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि चालु आर्थिक वर्षको दश महिनामा राष्ट्र बैंकले १९२ खर्ब बढी तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा यस्तो देखिएको हो । 

समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत २,४६८ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १६,७६९अर्ब ९० करोड गरी कुल १९,२३८ अर्ब ५५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ भने रु.२अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका  विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद १३ खर्ब २७ अर्ब ३४ करोड तरलता प्रशोचन गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब २१ करोड खुद खरिद गरी ५ खर्ब ६४ अर्ब ११ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब ७४ करोड खुद खरिद गरी रु.६३० अर्ब ६९ करोड तरलता प्रवाह गरिएको थियो ।

यस अवधिमा अमेरिकी डलर ३ अर्ब १२ करोड बिक्री गरी रु.४२४ अर्ब ८६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब २२ करोड बिक्री गरी रु.४२८ अर्ब ४१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । 
 

Advertisment