आइपीओ जारी गर्दै एभरेष्ट कलर, लक्ष्मी सनराइज क्यापिटलसँग प्रत्याभूति सम्झौता

आइपीओ जारी गर्दै एभरेष्ट कलर, लक्ष्मी सनराइज क्यापिटलसँग प्रत्याभूति सम्झौता

काठमाडौं : एभरेष्ट कलरले साधारण शेयर (आइपीओ) निष्कासनको प्रक्रिया सुरू गरेको छ। कम्पनीले निकट भविष्यमै सात लाख ९० हजार कित्ता आईपीओ जारी गर्दैछ । जसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटलसँग प्रत्याभूति सम्झौता गरेको छ ।

Sponsored Advertisement

सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइँटेल र प्रत्याभूतिकर्ताको तर्फबाट लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठले बुधबार हस्ताक्षर गरेका हुन्।

एभरेष्ट कलर सहरी विकास तथा भवन निर्माण विभागको सूचीमा दर्ता भएको तथा नेपाल गुणस्तर चिह्न प्राप्ति उन्मुख रहेको कम्पनी हो ।

स्वदेशी युवाहरूको लगानीमा स्थापित कम्पनीले भौतिक संरचनामा गुणस्तरीय कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारी सृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्‍याई देशको सेवा गर्ने उद्देश्य लिएको छ ।


कम्पनीलाई केयर रेटिङ्स नेपालले डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।

थप समाचार