Below Menu
Below Menu

दोर्दीखोला जलविद्युत आयोजनाको अवितरित हकप्रद शेयर बाँडफाँड

दोर्दीखोला जलविद्युत आयोजनाको अवितरित हकप्रद शेयर बाँडफाँड

काठमाडौं  : दोर्दीखोला जलविद्युत आयोजनाको लिलामीमा राखिएको अवितरित हकप्रद शेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत जेठ ११ देखि २० गतेसम्म लिलामी मार्फत बिक्रीमा राखेको १९ लाख ४६ हजार ६७६ कित्ता शेयर बुधबार बाँडफाँड गरेको हो ।

यद्यपी, सर्वसाधारण समूह (लकइनमा नरहेको) तर्फ ९३ हजार ६२९ कित्ता शेयरका लागि आवेदन पर्न नआएकाले पुनः लिलामीमार्फत बिक्री गरिने क्यापिटलले उल्लेख गरेको छ ।

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी जेठ ३० गतेबाट हुनेछ । सर्वसाधारण समूह (लकइनमा नरहेको) तर्फ ९३ हजार ६२९ कित्ता शेयरका लागि आवेदन पर्न नआएकाले पुनः लिलामीमार्फत बिक्री गरिने क्यापिटलले उल्लेख गरेको छ ।

संस्थापक समूहको (लकइनमा रहेको) कटअफ मूल्य २६५ र सर्वसाधारण समूहको कटअफ मूल्य २७० रुपैयाँ रहेको छ ।

उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको तथा सर्वसाधारण समूहको (लकइनमा नरहेको) हकमा मागभन्दा कम सेयरका लागि आवेदन प्राप्त भएकाले रितपूर्वक आवेदन पेश गरेका आवेदकहरुलाई मागबमोजिम शेयर बाँडफाँड गरिएको धितोपत्र निष्कासनकर्ता सानिमा क्याटिलले जनाएको छ ।
 

Advertisment

थप समाचार