Below Menu
Below Menu

सस्तो ब्याजको मौका छोप्दै सरकार, ४.७३ प्रतिशत ब्याजदरमै उठायो दुई खर्ब बढी आन्तरिक ऋण 

सस्तो ब्याजको मौका छोप्दै सरकार, ४.७३ प्रतिशत ब्याजदरमै उठायो दुई खर्ब बढी आन्तरिक ऋण 

काठमाडौं : बैंकिङ प्रणालीमा लामो समयदेखि लगानी योग्य रकम (तरलता) थुप्रिदै जाँदा त्यसको फाइदा सरकारले लिएको छ । बजारमा मागमा संकुचन आउँदा बैंकहरुले कर्जा लगानी गर्न सकिरहेका छैनन् । फलस्वरुप राष्ट्र बैंकले सस्तो ब्याजमानै बैंकिङ प्रणालीबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ । 

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिदै जाँदा सरकारले सस्तो ब्याजमानै अल्पकालीन तथा दीर्घकालीन ऋण परिचालनलाई जोड दिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ २९ गतेसम्ममा सरकारले दुई खर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ ।

सरकारले औसत ४.७३ प्रतिशतको ब्याजदरमा नै कूल दुई खर्ब १० अर्ब ९५ करोड रुपैयाँ ऋण उठाएको हो । यस अवधिमा विकास ऋणपत्र मार्फत २२ पटक गरी ३ वर्षदेखि ११ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको ऋण उठाएको हो ।

चालु आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले १४ खर्ब राजस्वबाट उठाएर खर्च गर्ने र बाँकी करिब ५ खर्ब रुपैयाँ स्रोत ऋणमार्फत व्यहोर्ने जनाएको छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिदै गएको छ । बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण उठाएको हो । 

यस अवधिमा बैंकिङ प्रणालीमा ६९ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा ६२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप सात खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ । 

Advertisment

थप समाचार