Below Menu
Below Menu

दश महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा १० अर्बले घट्याे ! 

दश महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा १० अर्बले घट्याे ! 

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १० अर्ब रुपैयाँले कम हो । गत वर्षको बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको नाफा ५३ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार युस अवधिमा वाणिज्य बैंकहरुको नाफा ४७ अर्ब ७९ करोड, विकास बैंकहरुको नाफा चार अर्ब ५९ करोड र फाइनान्सहरुको नाफा ६९ करोड रुपैयाँ रहेको छ ।

८१ अर्बले बढ्यो वाणिज्य बैंकको नाफा

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले बैशाख मसान्तसम्म ४७ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८१ अर्ब रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका थिए । 
यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । चालु आवको बैशाख मसान्तसम्म बैंकले पाँच अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको हो ।

चार बैंकको नाफा पाँच अर्बमाथि 

सार्वजनिक तथ्यांक अनुसार चालु आवको बैशाख मसान्तसम्म नबिलसहित चार बैंकले चार अर्ब भन्दाबढी नाफा कमाएका छन् । 
ग्लोेबल आईएमईले चालु आवको यस अवधिमा पाँच अर्ब ३५ करोड ५४ लाख नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पाँच अर्ब दुई करोड आठ लाख रुपैयाँ नाफा कमाएको छ ।

अन्य बैंकको नाफा

बैशाख मसान्तसम्म प्राइम कमर्सियलले दुई अर्ब ५८ करोड ५५ लाख, एनएमबि बैंकले दुई अर्ब ६२ करोड ५४ लाख, प्रभु बैंकले दुई अर्ब १४ लाख, र स्ट्याण्डर्ड चार्टडर्डले २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । 

चालु आवको दश महिनामा नेपाल एसबिआईले एक अर्ब ३८ करोड २० लाख, एभरेष्ट बैंकले यस अवधिमा तीन अर्ब ९० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ भने लक्ष्मी सनराइजले एक अर्ब १५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ ।

राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्म नेपाल बैंकले तीन अर्ब २८ करोड ८७ लाख, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ७७ करोड चार लाख रुपैयाँ र सानिमा बैंकले एक अर्ब ८७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै माछापुच्छ्रे बैंकले एक अर्ब ३१ करोड ३५ लाख, सिद्धार्थ बैंकले दुई अर्ब एक करोड ११ लाख र सिटिजन इन्टरनेशनल बैंकले एक अर्ब १८ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । 

अर्ब क्लबमा पुगेनन् चार बैंक 

राष्ट्र बैंकका अनुसार यस अवधिमा आइपुग्दा १७ बैंकहरुको नाफा एक अर्ब भन्दा माथि रहेको छ भने अन्य बैंकहरुको नाफा करोडमा खुम्चिएको छ । यस अवधिमा कुमारीले ४८ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । 

त्यस्तै चालु आवको दश महिनामा हिमालयन बैंकले ६८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशियाले ४७ करोड ८७ लाख रुपैयाँ र कृषि विकास बैंकले एक खर्ब ७३ करोड ३८ लाख रुपैयाँ नाफा कमाएका छन् ।
 

Advertisment