Below Menu
Below Menu

आजदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर ! 

आजदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर ! 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार जेठ महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ ।

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १५ बैंकले जेठ महिनाकै ब्याजदर यथावत राखेका छन् । त्यस्तै जेठ महिनाको तुलनामा असार महिनाका लागि पाँच बैंकहरुले ब्याजदर घटाएका छन् ।

असार लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.९०२ प्रतिशत रहेको छ । जेठमा यस्तो ब्याजदर औषत ५.९५२ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.०५ बिन्दुले घटेको छ ।

त्यस्तै संस्थागतर्फ बैशाखका लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ४.३७ प्रतिशत विन्दुमा झरेको छ । जेठमा यस्तो ब्याजदर ४.३९ प्रतिशत रहेको थियो ।

असारका लागि कृषि विकास बैंक, कुमारी बैंक, एनएमबी, एभरेष्ट र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् । कृषि विकास बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.०६ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ ।

त्यस्तै कुमारीले ०.२ प्रतिशत, एनएमबी बैंकले ०.६ प्रतिशत, एभरेष्टले ०.०९ प्रतिशत र एनआईसी एशिया बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ब्याजदर ०.०५ प्रतिशतले घटाएको छ ।

कृषि विकास बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.४५ प्रतिशत र संस्थागत तर्फ ४.४५ प्रतिशत ब्याज दिने भएको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ३.३५ प्रतिशत ब्याज दिने भएको छ ।

असारका महिनाका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ भने नेपाल बैंकले व्यक्तिगत तर्फ ५.४५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ । 

त्यस्तै सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.३३ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ भने एनआईसी एशिया र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.६ प्रतिशत र संस्थागत तर्फ ५.६ प्रतिशत ब्याज दिने भएको छ । 

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ्रे व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएका छन् । सिटिजन इन्टरनेशनलले व्यक्तिगत मुद्दती निक्षेपमा ५.६५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।

नबिल बैंकले असारका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.०५ प्रतिशत ब्याज दिने भएको छ । कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा ५.७१ प्रतिशत र संस्थागत तर्फ ४.५१प्रतिशत ब्याज दिने भएको छ ।

असारका लागि सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.७५ प्रतिशत ब्याज दिने भएको छ भने र नेपाल एसबीआई बैंकल व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्डले असारका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ३ प्रतिशत ब्याज दिने भएको छ भने प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.१ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएको छ ।

हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।  एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएको छ ।

असारका लागि ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ भने र लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ ।


 

Advertisment