Below Menu
Below Menu

सोमबार २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

सोमबार २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत २६ अर्ब रुपैयाँ भन्दा बढीको रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले १० अर्ब रुपैयाँ बराबरको २८ दिने, पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने, छ अर्ब ३३ करोड रुपैयाँ बराबरको १८२ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

कार्यालयका अनुसार २८ दिने ट्रेजरी बिल असार ३१ गते, ९१ दिने ट्रेजरी बिल भदौं ३१ गते, १८२ दिने ट्रेजरी बिल पुस १ गते र ३६४ दिने ट्रेजरी बिल २०८३ असार २ गते परिपक्क हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले असार २ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ ।
 

Advertisment