काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल मट्टितेलमा प्रतिलिटिर दुई रुपैँया मूल्य बढेको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल मट्टितेल को पहिलो वर्गमा प्रतिलिटर १४२.५०, दोस्रोमा १४४ र तेस्रोमा १४५ रुपैयाँ पुगेको छ ।
बढेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ ।
Advertisment