Below Menu
Below Menu

सहकारी पीडितको बचत फिर्ताका लागि चक्रिय कोष स्थापना, २ करोड बजेट विनियोजन

सहकारी पीडितको बचत फिर्ताका लागि चक्रिय कोष स्थापना, २ करोड बजेट विनियोजन

काठमाडौं : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । जसमध्ये कृषि, उद्योग र सहकारी क्षेत्रका लागि २ अर्ब १८ करोड विनियोजन गरेको छ ।

आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले सहकारीको प्रभावकारी नियमन गर्ने बताए ।

साथै सरकारले समस्याग्रस्त सहकारी संस्थाका पीडित बचतकर्तालाई तत्काल बचत फिर्ताका लागि चक्रिय कोष स्थापना गर्न २ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए।

बचत रकम अपचलनकर्ताको सम्पत्ति विक्रिबाट प्राप्त रकम उक्त कोषमा जम्मा गर्ने गरी कोष स्थापना गरिने बताए ।

साथै बैंक, वित्तीय संस्था तथा सहकारीमार्फत उपलब्ध कृषि कर्जामा ब्याज अनुदानका लागि १४ करोड बजेट विनियोजन सरकारले गरेको छ।
 

Advertisment