Below Menu
Below Menu

७० खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कस्तो छ कर्जा लगानीको अवस्था ? 

७० खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कस्तो छ कर्जा लगानीको अवस्था ? 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आइतबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७० खर्ब एक अर्ब रुपैयाँ पुगेको हो ।

सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप तीन अर्बले बढेर ७० खर्ब नाघेको हो । अघिल्लो दिन अर्थात् जेठ ३१ गते शनिबारसम्म बैंक तथा वित्तीय संस्थामा ६९ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा चार अर्ब रुपैयाँ निक्षेप थपिएको हो । अन्य वित्तीय क्षेत्रको निक्षेप भने ७ खर्ब ४० अर्ब रुपैयाँ पुगेको रहेको छ । अघिल्लो दिनसम्म ६२ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा बढेर ६२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा तीन अर्ब निक्षेप थपिँदा चार अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५५ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४९ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो दुबै बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडि रेसियो ७८.४० बिन्दुमा झरेको छ ।

Advertisment

थप समाचार