काठमाडौं : नेपाल राष्ट्र बैंकले पेवेल नेपाल प्रा. लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा. लि.को भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ।
दुबै कम्पनीले भुक्तानी तथा फर्यौट ऐन, २०७५, भुक्तानी तथा फछ्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न प्रावधानहरूको उल्लङ्घन गरेको पाइएपछि अनुमतिपत्र खारेज गरेको हो ।
राष्ट्र बैंकको असर ५ गते बसेको सञ्चालक समितिको बैठक को निर्णयानुसार भुक्तानी तथा फर्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) को व्यवस्थाअनुसार उक्त संस्थाहरूको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।
Advertisment