Below Menu
Below Menu

विदेश पढ्न जाने विद्यार्थीहरुले मुक्तिनाथ विकास बैंकबाट भिसा तथा शैक्षिक शुल्कहरु भुक्तानी गर्न सक्ने 

विदेश पढ्न जाने विद्यार्थीहरुले मुक्तिनाथ विकास बैंकबाट भिसा तथा शैक्षिक शुल्कहरु भुक्तानी गर्न सक्ने 

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरुले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरु मुक्तिनाथ विकास बैंकबाट गर्न सकिने सेवाको सुरुवात गरेको छ । 

एक्सपर्ट एजुकेसन तथा भिसा सर्झिस प्रालि महाराजगंज र मुक्तिनाथ विकास बैंकबिच एक सम्झौता गरी शैक्षिक शूल्क भुक्तानी सम्बन्धी कार्यको सुरुवात गरेको हो ।

यस सेवा अन्तर्गत उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहाने नेपाली बिद्यार्थीहरुले Visa Fees, SAT, SEVIS Fees , PTE Exam Fees, Application fees, GMAT लगायतको शैक्षिक शूल्कहरु मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सक्ने छन् । यो सेवा हालको लागि  बैंकको महाराजगंज शाखा र कमलादी शाखा कार्यालयबाट सुरुवात गरिएको छ । 

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ ।

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि संचालनमा ल्याएको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगाएतका अन्य कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 


 

Advertisment