Below Menu

स्टार्टअपहरूले नेपालमै बसेर डलर कमाउँछन्: बमबहादुर मिश्र

स्टार्टअपहरूले नेपालमै बसेर डलर कमाउँछन्: बमबहादुर मिश्र

काठमाडौं : नेपाल राष्ट्र बैंकका डेपुडी एवम कायम मुकायम गभर्नर बमबहादुर मिश्रले स्टार्टअपहरुले नेपालमै बसेर डलर कमाउन थालेको बताएका छन् । शुक्रबार काठमाडौंमा स्टार्टअप हब नेपाल र बिजनेस टेलिभिजनको संयुक्त आयोजनामा भएको एक कार्यक्रममा उक्त खुलासा गरेका हुन् ।

Sponsored Advertisement

स्टार्टअप हब नेपाल र बिजनेस टेलिभिजनले बिल्डिड.द स्टार्टअप इकोसिस्टम इन नेपाल विषयक एक दिवसीय कायक्रममा गरेको थियो ।  उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘आइटी क्षेत्रमा नेपालमै बसेर डलर कमाउन थालेका छन् । ई भिसीहरू पनि खुलेका छन् । स्टार्टअपहरूका लागि यो अवसरको कुरा हो । अहिले स्टार्टअपका सम्बन्धमा नेपाल राष्ट्र वैकमा पनि छलफल भएको छ ।’

अहिले मोनिटरी पोलिसी निर्माण गर्ने बेला भएको र आगामीे मनिटरी पोलिसी स्टार्टअप फ्रेन्डली ल्याउने प्रयासमा राष्ट्र बैंक लागि परेको उनले बताए । 
कार्यक्रममा बिजनेस टेलिभिजनका निर्देशक भेषराज पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सरकारका उपसचिव किरण थापा, औद्योगिक व्यवसाय प्रवर्धन प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता, स्टार्टअप अभियन्ता नेपाल पेमेन्ट सोलुसनका लोकराज शर्मा टिम भेन्चर्स प्रा लि.का सिनियर एनालिष्ट दिपेश पोते श्रेष्ठ, आद्यान्त फण्ड मेनेजमेन्टका निर्देशक निष्चल सिंह भण्डारी पूर्वराजदूत विष्णुहरि नेपाल एफएनसीसीआईका प्रतिनिधि, युनिभर्सिटीका प्राध्यापक,उद्योग व्यवसायीहरू, स्टार्टअपहरू लगायतको सहभागिता रहेको थियो ।