Below Menu
Below Menu

ट्रेजरीमार्फत २२ अर्ब ७५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

ट्रेजरीमार्फत २२ अर्ब ७५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत २२ अर्ब रुपैयाँ भन्दा बढीको रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ७५ करोड रुपैयाँ बराबरको ९१ दिने, पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने अवधिको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयका अनुसार २८ दिने ट्रेजरी बिल साउन ४ गते, ९१ दिने ट्रेजरी बिल असोज १४ गते, १८२ दिने ट्रेजरी बिल पुस १५ गते र ३६४ दिने ट्रेजरी बिल २०८३ असार १६ गते परिपक्क हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले असार १६ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ ।

Advertisment