Below Menu
Below Menu

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग तथा महाशाखा केन्द्रीय कार्यालय भवनमा स्थानान्तरण 

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग तथा महाशाखा केन्द्रीय कार्यालय भवनमा स्थानान्तरण 

काठमाडौं : नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा केन्द्रीय कार्यालय भवन बालुवाटारमा सरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै विभाग तथा महाशाखा केन्द्रीय कार्यालयको भवनमा स्थानान्तरण भएको जानकारी दिएको हो । 

जारी सूचनामा सूचनामा भनिएको छ, ‘राष्ट्रिय बाणिज्य बैंकको दरवारमार्ग स्थित भवनबाट सञ्चालन हुदै आएका बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा यस बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनमा मिति २०८२ असार १५ गतेदेखि स्थानान्तरण भएकोले ती विभाग तथा महाशाखाबाट प्रदान हुने सम्पूर्ण सेवा यस बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनबाट सञ्चालन भईरहेको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’ 

Advertisment

थप समाचार