काठमाडौं : सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६३१ बिन्दुमा पुगेको छ। आज १४५ कम्पनिको मूल्य बढ्दा १०३ कम्पनीको मूल्य घटेको छ ।
आज ३१८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस उर्जाको भएको छ । साहसको ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, सानिमा माइ हाइड्रोको ३१ करोड, बुटवल पावर कम्पनीको ३० करोड, सप्तकोशी डेभलपमेन्टको २५ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज राप्ती हाइड्रो एन्ड जनरलको सेयर मूल्य ९।९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
Advertisment