काठमाडौं : बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकम (तरलता) निरन्तर रुपमा बढ्दै गएको छ । निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर घटेको छ भने कर्जा लगानी अनुपात (सिडि रेसियो) बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अन्तर बैंक कारोबारको ब्याजदर २.९१ प्रतिशत रहेको छ भने सिडि रेसियो ७७.९१ बिन्दुमा रहेको छ
बैंकिङ प्रणालीमा एक अर्ब रुपैयाँ निक्षेप घटेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शनिबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी स्थिर रहेको छ ।
गत शनिबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन तीन अर्बले बढेर ७० खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् असार १३ गते शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थामा ७० खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा एक अर्ब रुपैयाँ निक्षेप घटेको छ भने अन्य वित्तीय क्षेत्रमा ७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिनसम्म ६३ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा निक्षेप घटेर ६३ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५५ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४९ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
Advertisment