Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, सात अर्ब तीन करोडको कारोबार

उच्च अंकले बढ्यो शेयर बजार, सात अर्ब तीन करोडको कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६०.३९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ९.१९ अंकले बढेर २६३१.४८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३१ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब तीन करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा छ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४६ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज युनिलिभर नेपाल कम्पनीको शेयरमूल्य २.१३ प्रतिशतले घटेको छ । 

 

Advertisment

थप समाचार