Below Menu
Below Menu

नेप्से परिसूचकमा निरन्तर वृद्धि, कारोबार रकम साढे नौ अर्बमाथि 

नेप्से परिसूचकमा निरन्तर वृद्धि, कारोबार रकम साढे नौ अर्बमाथि 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४.८२ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २८.९१ अंकले बढेर २६६०.३९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा नौं अर्ब ७४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा सात अर्ब तीन करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज आईसी एफसी फाइनान्स डिबेञ्चरको कम्पनीको शेयरमूल्य ३.७३ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार