पिपुल्स पावर लिमिटेडको हकप्रद शेयर आजदेखि विक्रीमा

पिपुल्स पावर लिमिटेडको हकप्रद शेयर आजदेखि विक्रीमा

काठमाडौं : पिपुल्स पावर लिमिटेडले आज देखि ५० प्रतिशत हकप्रद शेयरको विक्री खुला गरेको छ ।

Sponsored Advertisement

कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ बराबरको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा १०० रुपैयाँ अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयरको बिक्री खुलाएको हो । कम्पनीले आm्नो ऋण भुक्तानीका लागि हकप्रद विक्री खोलेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  

गत असार २ गते एकदिनका लागि कम्पनीले हकप्रद शेयर विक्री प्रयोजनाका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार १ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीगञ्ज,पोखरा, बुटवल,सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस हकप्रदका लागि आवेदन दिने अन्तिम मिति साउन ११ गते निर्धारण गरिएको छ ।

थप समाचार