Below Menu
Below Menu

असार ३० गतेदेखि तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक

असार ३० गतेदेखि तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको ७ प्रतिशत ब्याजदरको ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्काशन गर्न लागेको हो। 

बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । बैंकले कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट र ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरको १२  लाख ऋणपत्र सर्वसाधारणमा जारी गर्नेछ । 

बैंकले सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार कित्ता ऋणपत्रका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। 

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। बैंकको ऋणपत्र साउन १ गतेसम्म बिक्रीमा रहने छ भने ढिलोमा साउन १२ गतेसम्म लम्बिनेछ । 

उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि आस्वा र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। 


 

Advertisment

थप समाचार