Below Menu
Below Menu

माछापुच्छ्रे क्यापिटल र अप्पर स्याङ्गे हाईड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

माछापुच्छ्रे क्यापिटल र अप्पर स्याङ्गे हाईड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

काठमाडौं : माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबिच शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

क्यापिटल र हाईड्रोपावरबिच अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्न असार २२ गते सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक विर बहादुर घलेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता सगै अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य माछापुच्छ्रे क्यापिटल लिमिटेड बागदरबार, काठमाडौं जेडीए कम्प्लेक्स, को तेश्रो तल्लाबाट हुने छ ।  माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।

पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ । 

Advertisment

थप समाचार