Below Menu
Below Menu

कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैंकलाई कृषि मन्त्रीको आग्रह

किसानलाई व्यावसायिक बनाउन जरुरी छ: गभर्नर

कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैंकलाई कृषि मन्त्रीको आग्रह

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैकलाई सहजीकरण गरिदिन आग्रह गरेका छन्। नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेलसँग आज सिहंदरवार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिवी हटाउनका लागि बैंक तथा वित्तिय संस्थाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले साना किसानहरुले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औल्याए । 

‘कृषिका लागि ठुलो मात्रामा ऋण लिएकाहरुले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पुरा हुन सक्ने देखिदैन, मन्त्री अधिकारीले भने,‘कृषि ऋणको सहि उपयोग भयो कि भएन यसको प्रभावकारी अनुगमनका लागि म नेपाल राष्ट्र बैक समक्ष अनुरोध गर्दछु ।’ मन्त्रीअधिकारीले कसैले ऋण नपाउने पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिए ।

सरकारी स्वामित्वका बैकहरुले पनि कृषि कर्जा वढाउनु पर्ने र राष्ट्र बैकको कृषि कर्जा सम्वन्धमा गरिएको व्यवस्थाको पालना उनीहरुले गर्नपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।  

नेपाल राष्ट्र बैंकका गभर्नर डा. पौडेलले हाल कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको सन्र्दभमा आफनो पनि चासोको विषय भएकाले प्रतिफल आउने गरि काम गर्न जरुरी रहेको बताए । 
किसानलाई व्यवसायीक नवनाई कृषिमा भएको लगानीको प्रतिफल प्राप्त हुन नसक्ने भएकाले प्रतिफल आउने गरि लगानीको आवश्यकतामा गर्भनर डा.पौडेलले जोड दिए। 

उनले आफु हालै विभिन्न जिल्लाहरुमा जाँदा माटो खेलाउनेले  कृषि क्रृण नपाउने, कागज खेलाउनेले क्रृण पाउने गरेको गुनासो पनि सुनेको उल्लेख गर्दे किसानलाई ऋण मात्र बोकाउने भन्दा पनि किसानलाई सहि बाटोमा हिँडाउन सवै निकायले प्रभावकारी भुमिका खेल्नुपर्नेमा गर्भनर डा.पौडेलले जोड दिए। 
 

Advertisment

थप समाचार