Below Menu
Below Menu

साढे ७१ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, अन्तर बैंक ब्याजदर निरन्तर घट्दो 

साढे ७१ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, अन्तर बैंक ब्याजदर निरन्तर घट्दो 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ७१ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शनिबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७१ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको हो ।

सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एक अर्ब रुपैयाँले घटेको छ । अघिल्लो दिन अर्थात् असार २० गते शुक्रबार सम्म बैंक तथा वित्तीय संस्थामा ७१ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा एक खर्ब रुपैयाँ निक्षेप घटेको हो । अन्य वित्तीय क्षेत्रको निक्षेप भने ७ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको रहेको छ । अघिल्लो दिनसम्म ६४ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा बढेर ६४ खर्ब चार अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५५ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४९ खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर घटेको छ भने सिडि रेसियो बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडि रेसियो ७६.९९ बिन्दुमा झरेको छ ।


 

Advertisment

थप समाचार