Below Menu
Below Menu

सहकारीले उठाउन नसकेको कर्जा उठाउनले भूमिका न्यायाधिकरणको हुनेछ: नवनियुक्त अध्यक्ष बस्नेत

सहकारीले उठाउन नसकेको कर्जा उठाउनले भूमिका न्यायाधिकरणको हुनेछ: नवनियुक्त अध्यक्ष बस्नेत

काठमाडौं : कर्जा असुली न्यायाधिकरणका नवनियुक्त अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारी ऐन र नियमावलीले दिएको क्षेत्राधिकारलाई प्रयोग गरी काम अगाडि बढाउने बताएका छन् । आज पद तथा गोपनीयताको सपथ ग्रहणसँगै पदबहालीपछि पत्रकारहरु संक्षिप्त कुराकानी गर्दै ऐन नियमले दिएको क्षेत्राधिकारलाई टेकेर काम गर्ने बताएका हुन् । 

अध्यक्ष बस्नेतले सहकारी संघ संस्थाबाट नै उजुरी आउने र त्यस्ता उजुरीलाई छिनोफानोको लागि प्रतिवादीलाई म्याद दिने र म्यादभित्र प्रतिउत्तर आउने बताए । अहिले सहकारी क्षेत्रमा विकराल अवस्था रहेको र सहकारीले उठाउन नसकेको ऋण उठाउनलाई न्यायाधिकरणको भूमिका रहने बताए । सहकारी संघ संस्थाले ऋण असुलीको लागि सक्दो प्रयास गर्दा पनि असुली हुन नसकेको ऋण उठाउन सघाउने उनको भनाई छ । ‘न्यायाधिकरणमा  संघ संस्थाबाट उजुरी आउँछ । न्याय सम्पादन मात्रै नभई ऋण असुली अधिकृतले गर्ने काम समेत यहाँबाट गरिने छ’ उनले भने । 

न्याायाधिकरण स्थापनाको चरणमा नै भएकाले कार्यालयले छिट्टै आफ्नो काम अगाडि बढाउने उनले जानकारी दिए । अहिले देशभरका  जिल्ला अदालतहरुमा सहकारीका कर्जासँग सम्बन्धित मुद्दाहरु रहेको र न्यायाधिकरणको क्षेत्राधिकार देशभर भएकाले ती मुद्दाहरु पनि यस कार्यालयमा आउन सक्ने उनले बताए। सुरुमा मुद्दाको चाप धेरै बढ्ने सम्भावना रहेको र काम गर्दै जाँदा सफल हुने उनको भनाई छ ।

आवश्यक कार्यविधिहरु बनाएर कामलाई अगाडि बढाउने उनको भनाई छ। अहिले बचत गर्नेले समयमा बचत फिर्ता नपाइराखेको र लगानी गरेको ऋण पनि समय असुली नभइरहेको विकराल स्थितिबाट सहकारी क्षेत्रलाई पार लगाउनु न्यायाधिकरणको मुख्य काम भएको अध्यक्ष बस्नेतले बताए।

 

Advertisment